दफा ५२
दफा (४) उल्लंघन गरेमा सजाय
: (१) दफा ४ उल्लंघन गरी कुनै व्यक्तिले चिट्ठीहरु ओसारेमा, प्राप्त गरेमा, पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, निजलाई त्यस्तो प्रत्येक चिट्ठी वापत बढीमा ने.रु. पचाससम्म जरिवाना हुनेछ ।
(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूर गरेको प्रमाणित भईसकेपछि फेरी फेरी पनि सोही कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूर वापत बढीमा ने.रु. दुई सयसम्म जरिवाना हुनेछ ।